अत्यधिक गर्मीका कारण बुटवलका विद्यालय बन्द

बुटवल । केही दिनदेखि बढेको अत्यधिक गर्मीका कारण बुटवल उपमहानगरपालिकाले नगर क्षेत्रका विद्यालयमा विदा दिएको छ ।

वार्षिक कार्यतालिकामा रहेको विदाबाट कटौती हुने गरी बिहीबार र शुक्रबार नगरपालिकाले विद्यालयहरुमा विदा दिने निर्णय गरेको हो ।

गर्मी र तातो हावाका कारण विद्यार्थीको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने देखिएको भन्दै दुई दिन विदा दिने निर्णय गरिएको हो ।

उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले विज्ञप्ति जारी गर्दै अत्यधिक गर्मीका कारण समस्या पर्न सक्ने भन्दै दुई दिनका लागि बिदा दिइएको उल्लेख गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *