बराहक्षेत्रमा कुम्भमेला सुरू, राष्ट्रपतिद्वारा उद्घाटन

विराटनगर । सुनसरी, बराहक्षेत्र नगरपालिकाको चतराधाममा आजबाट महाकुम्भ मेला सुरु भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले एक महिनासम्म लाग्ने कुम्भमेला उद्घाटन गरेका छन् ।

१२ वर्षमा लाग्ने मेलाको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले राजनीतिमा जो जसले गठबन्धन बनाए पनि देशको विकास र सुशासन प्रवर्द्धनका लागि सबैको एउटै मूलमन्त्र र गठबन्धन हुनुपर्ने बताए ।

वैशाख २८ गतेसम्म चल्ने मेलामा ३० लाख जना भक्तजन सहभागी हुने आयोजकको अनुमान छ ।

मेला व्यवस्थापनका लागि मूल समितिको मातहत रहने गरी २६ वटा समिति गठन भएका छन् । कुम्भ मेला क्षेत्रमा झन्डै पाँचसय व्यापारिक स्टल रहनेछन् ।

कुम्भ मेलाका क्रममा ४० दिनसम्म जाँड–रक्सी र माछामासु बिक्री वितरण गर्न रोक लगाइएको छ ।

महाकुम्भकै अवसरमा चतरामा रहेको रामानन्दाचार्य सेवा पीठले पनि आजदेखि नवरात्र अनुष्ठान शुरु गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *