भक्तपुरमा सुरु भयो विस्का जात्रा 

काठमाडौं । भक्तपुरको परम्परागत विस्का जात्रा मंगलबारदेखि सुरु भएको छ । भक्तपुरको पाँचतल्ले मन्दिर अगाडि राखेर बनाइएको भैरवनाथको रथ तानेसँगै जात्रा औपचारिकरुपमा सुरु भएको हो ।

जिल्लाकै उल्लेख्य जात्रामध्येको विस्का जात्रा सुरुवातामा उल्लेख्य संख्यामा स्थानीय साँस्कृतिक झाकी र बजागाजासहित सहभागी भएका छन् ।

बर्सेनि नयाँ वर्षको चार दिनअघि चैत २७ गते पाँचतले मन्दिर अगाडिबाट रथ तान्ने चलन छ । प्यागोडा शैलीमा बनाइएको करिव ३० फिट अग्लो तीनतले काठैकाठको भैरवनाथको रथ तान्ने क्रमसँगै जात्रा प्रारम्भ हुने गरेको छ ।

रथलाई एकातिर ६ र अर्कातिर चार वटा मोटोमोटो डोरी राखेर दुवैतिर तान्ने गरिन्छ। जात्राको पहिलो दिनलाई स्थानीय नेपाल भाषामा ‘द्यो क्वह विज्याइज्यू’ अर्थात देवता (रथ) तल सवारी हुने भनिन्छ ।

जात्राको पहिलो दिन रथलाई नगरको तल्लो साइटको टोलतिर लगिन्छ । त्यसैले उक्त साइटमा ६ र अर्कातर्फ चार वटा मात्रै डोरी राखिने गरिन्छ । विस्का जात्रा नौ दिन आठ रातसम्म चल्ने गर्दछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *