‘रामायण’ की सीता नेपालमा

काठमाडौं । चर्चित धाराबाहिक श्रृंखला ‘रामायण’मा सीता माताको भूमिका निर्वाह गर्ने अभिनेत्री दीपिका चिखलियाले रामायण नीति कथाबाट धेरै कुराको ज्ञान लिन सकिने बताएकी छिन् ।

शनिबार काठमाडौंमा जनजाति कल्याण आश्रम नेपालद्वारा सञ्चालित आमाको माया छात्रावासको १४ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै दीपीकाले रामायणबाट भगवान राम एक असल पुत्र, भाई र श्रीमान हुनुहुन्थ्यो भन्ने कुराको जानकारी कथा रामायणले प्रस्तुत गरेको बताइन् ।

उनले भनिन,‘रामायणबाट धेरै कुरा जान्न सकिन्छ । सिक्न सकिन्छ । रामजीको चरित्रबाट भगवान राम आदर्श र असल पुत्र भएको जानकारी कथा रामायणले दिएको छ । उहाँ एक असल पुत्र, असल भाई र असल श्रीमान हुनुह्न्थ्यो भन्ने कुरा रामायण सिकाएको छ ।’

उतीबेला दुई तीन बिहे गर्ने चलन रहेको भएपनि भगवान रामले सिताका लागि धर्म निभाएको विषयलाई नजरअन्दाज गर्न नमिल्ने उनको भनाइ थियो ।

रामायणको हरेक भागबाट केही न केही सिक्न सकिने उल्लेख गर्दै उनले भगवान रामको १४ वर्षे बनबास हुँदै रानी सितालाई अयोध्या लिएर आएको कथाकै पेरिफेरीमा घुमेको उल्लेख गरिन् ।

धेरै नेपाली दर्शकमाझ लोकप्रियता कमाएकी उनी शुक्रबार नेपाल आइपुगेकी हुन् ।

भारतीय लोकसभाकी पूर्वसांसदसमेत रहेकी चिखिलिया टेलिभिजनसँगै बलिउड र मलायमल फिल्ममा समेत अभिनय गरेकी छन् । रामानन्द सागर निर्देशित ‘रामायण’ बाट उनी बढी लोकप्रिय छिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *