‘रुसी सेनामा गएका नेपालीबारे सरकार किन बेखबर ?’

काठमाडौं । नेपाली काङ्ग्रेसका सांसद प्रदिप पौडेलले रुसी सेनामा गएका नेपालीलाई फिर्ता ल्याउन कुनै पहल नगरेको बताएका छन् ।

सोमबार प्रतिनिधि सभाको बैठकमा उनले सरकार रुसमा रहेका नेपालीहरुको अवस्थाको बारेमा बेखबर रहेको भन्दै ध्यानाकर्षण गराए ।

उनले भने, ‘नेपालीहरु रुसी सेनामा छन् भन्ने सरकारलाई थाहा छ । तर कति संख्यामा छन्, उनीहरुको अवस्था कस्तो छ भन्ने जान्ने प्रयास पनि गरेको छैन । अलपत्र परेका नेपालीहरुको उद्धार गर्ने कुरा त पर जाओस कति संख्या छन भन्ने पनि पत्ता लगाउन सकेको छैन् । सरकारको तर्फबाट हुनुपर्ने पहल हुन सकेको छैन । यसमा ध्यानाकर्षण गर्न चाहन्छु ।’

उनले काठमाडौं विश्वविद्यालयले ग्रिन हाइड्रोजन उत्पादन गरेर रिफिल गर्ने कामको परीक्षण सफलतापूर्वक सम्पन्न गरेको भन्दैराज्यले यसको लागि आवश्यक कानून, नीति, लगानी गर्ने व्यवसथा गर्नुपर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *