अभिनेता गोविन्दा शिवसेनामा

काठमाडौं । बलिउड सिने जगतका चर्चित अभिनेता गोविन्दा बिहीबार शिवसेनामा प्रवेश गरेका छन् ।

मुम्बईमा महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देको उपस्थितिमा गोविन्दा शिवसेनामा प्रवेश गरेका हुन् ।

यसअघि भारतीय कांग्रेसका तर्फबाट लोकसभा सदस्य रहेका गोविन्द लोकसभाको नयाँ निर्वाचनको पूर्वसन्ध्यामा शिवसेनामा सामेल भएका छन् ।

भारतीय सिनेमामा गोविन्दा २००४ मा ‘जायन्ट किलर’ को रूपमा देखा परेका थिए । कांग्रेस आईको उम्मेदवार छँदा उनले मुम्बई उत्तर लोकसभा सिटमा भाजपाका वरिष्ठ नेता राम नाइकलाई पराजित गरेका थिए ।

शिन्देले ६० वर्षीय अभिनेता गोविन्दालाई आफ्नो पार्टीमा स्वागत गर्दै उनलाई समाजका सबै वर्गमा लोकप्रिय व्यक्तित्व भएको भनेर प्रशंसा गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *