कर्णालीमा हामफाल्दा बेपत्ता भएका युवक मृत भेटिए

काठमाडौं । होलीको दिन चैत १२ गते साथीहरुसँगै कर्णाली नदीमा हामफालेर बेपत्ता भएका युवा मृत अवस्थामा भेटिएका छन् ।

चिसापानीस्थित कर्णाली नदीको पुलबाट १७ जनाले हाम फालेका थिए।

हाम फालेका १६ जना पौडिएर बाँच्न सफल भएका थिए र कञ्चनपुर स्थायी घर भई कैलालीको लम्की चुहा नगरपालिका–३ चिसापानीका ३० वर्षीय लोकेन्द्र शाही बेपत्ता भएका थिए।

शाहीको शव टीकापुरको सन्कट्टी घाटमा तीन दिनपछि बिहीबार दिउँसो करिब ४ बजे फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्कीले जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *