‘डिग्री माइला’ : गाउँ फर्किएको माइलाको अहंकार

काठमाडौं । चैत ३० गतेदेखि प्रदर्शन हुने रामबाबु गुरुङ निर्देशित चलचित्र ‘डिग्री माइला’ को ट्रेलर सार्वजनिक गरिएको छ ।

चलचित्रमा अभिनेता दयाहाङ राई र अभिनेत्री आँचल शर्मा मुख्य भूमिकामा छन् ।

शहरमा एमए पास गरेर गाउँ फर्किएको पात्रको अहंकार र त्यसले उत्पन्न गरेको परिस्थितिलाई चलचित्रमा देखाइएको छ ।

शुक्रबार ट्रेलर सार्वजनिक कार्यक्रममा अभिनेत्री आँचल शर्माले रामबाबुसँग काम गर्ने तीव्र इच्छाको साथ पर्खाइमा बसेको पूरा भएको बताइन् ।

बाँसुरी फिल्मको ब्यानरमा निर्माण भएको चलचित्रमा प्रकाश घिमिरे, विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, कमलमणि नेपाल, हिउँवाला गौतम, सोमनाथ खनाल, पशुपति राई, लोकेन्द्र लेखक लगायतको अभिनय छ ।

‘किन चाउरिस मरिच आफ्नै रागले’ भन्ने उखानलाई ट्यागलाइनबनाएको चलचित्र शिवराम श्रेष्ठ र रिले एच. शेनको छायांकन गरेका हुन् । दृश्यको सम्पादन निमेष श्रेष्ठले गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *