८ महिनामा साढे ४ लाखभन्दा बढी विदेशतिर

काठमाडौं । रोजगारीका लागि विदेश जान साउनदेखि फागुनसम्म चार लाख ७१ हजार जनाले श्रम स्वीकृति लिएका छन् ।

वैदेशिक रोजगार विभागका अनुसार यो संख्या गत आर्थिक वर्षको आठ महिनामा भन्दा १३ प्रतिशतले कम हो ।

फागुनमा ६५ हजार ६५८ जनाले श्रम स्वीकृति लिएका छन् । फागुनमा स्वीकृति लिनेमध्ये ६ हजार ७ सय ६८ महिला छन् । पुरुषको संख्या ५८ हजार ८९३ छ ।

रोजगारीका लागि सबैभन्दा धेरै नेपाली युनाइटेड अरब इमिरेट्स (यूएई) गएका छन् ।

फागुनमा मात्र १८ हजार ७ सयले यूएईका लागि श्रम स्वीकृति लिएको विभागको तथ्याङ्क छ ।

यस अवधिमा कतारका लागि ९२ हजार ११४ जनाले श्रम स्वीकृति लिएका छन् । साउदी अरब जानका लागि ९१ हजार ९२९ जनाले र मलेसियाका लागि ६४ हजार ९७६ जनाले श्रम स्वीकृति लिएको जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *