आजदेखि दर्शकमाझ ‘महाजात्रा’

काठमाडौं । ‘जात्रा’ र ‘जात्रै जात्रा’ को तेस्रो भाग ‘महाजात्रा’ आजबाट देशदेखि विदेशसम्म रिलिज भएको छ । षट्कोण आर्ट्सले निर्माण गरेको यो फिल्ममा चर्चित कलाकारहरुको अभियन हेर्न पाइनेछ ।

प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरेको अभिनय छ ।

यसैगरी, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ । फिल्ममा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता छन् ।

फिल्मलाई थिएटरले उल्लेख्य शो दिएका छन् । मल्टिप्लेक्स चेन क्युएफएक्सले देशभरका आफ्ना आउटलेटमा ७२ शो पाएको छ ।

क्युएफएक्स अन्तर्गत दरबार सिनेम्याक्समा ४ शो, भक्तपुरमा रहेको क्युएफएक्समा ६ शो, लबिम मलमा ६ शो, सिभिल मलमा ६ शो, ठमेलमा रहेको छायाँ सेन्टरमा ८ शो दिएको छ । क्युएफएक्सकै मोफसल अन्तर्गत नेपालगन्जमा ६ शो, वुटवलमा ५ शो, दमौलीमा ४ शो, नारायणघाटमा रहेको जलमामा ७ शो, विराटनगरमा ६ शो, विर्तामोडमा ७ शो, बीरगन्जमा २, इटहरीमा ५ शो दिएको छ ।

काठमाडौंमा रहेको मल्टिप्लेक्सहरुमा कमलपोखरी स्थित सिटी सेन्टरमा रहेको बिग मुभिजमा ८ शो, दरबारमार्ग स्थित राइजिङ मलमा रहेको क्युज सिनेमाजमा ९ शो, गोंगबुमा रहेको बिएसआर मुभिजमा ६ शो, सुन्धारा स्थित सिटिसी मलमा रहेको सिने डी सेफमा ६ शो, चाबहिलमा रहेको केएलटावरमा अवस्थित एफक्युबमा ८ शो हुनेछ ।

जमलमा रहेको विश्वज्योति सिनेमाजमा ८ शो, न्युरोडमा रहेको रन्जना सिनेप्लेक्समा ९ शो, कीर्तिपुरमा रहेको कीर्तिपुर सिनेप्लेक्समा ५ शो, सितापाइलामा रहेको सिने सिनेमाजमा ७ शो, गोंगबुमा रहेको इन्फिनिटी मुभिजमा ८ शो, बानेश्वरमा रहेको वान सिनेमाजमा ९ शो र कालिमाटीमा ७ शो दिएको छ ।

यस्तै, बागबजारमा रहेको सिटी म्याक्स सिनेमाजमा ४ शो, आइएनआइ सिनेमाज अन्तर्गत लोत्से मलमा ८ शो, बानेश्वरमा रहेको आइएनआईमा ८ शो र बुटवलमा रहेको आइएनआइमा ८ शो दिएको छ ।

चितवनमा रहेको सिनेप्लेक्समा ६ शो, पोखरामा रहेको सिनेप्लेक्समा ७ शो, पोखरामा रहेको मिडटाउनमा ६ शो, सिमरामा रहेको केएसआर मुभिजमा ४ शो, दमकमा रहेको डिम्याक्स सिनेमाजमा ३ शो, बुटवलमा रहेको भिउ सिनेमाजमा ६ शो, विराटनगरमा रहेको सिटी सिनेमामा ६ शो दिइएको जनाइएको छ ।

धरानमा रहेको फ्रेन्ड्स सिनेमामा ४ शो, विर्तामोडमा रहेको पाथिभरा सिने प्लाजामा ५ शो, धनगढीमा रहेको एसटिएस सिनेमामा ३ शो, पर्सा चितवनमा रहेको म्याङ्गो जनज्योतिमा ४ शो, बनेपामा रहेको शुभकामना हलमा ४ शो, दाङमा रहेको भीएफएक्स सिनेमाजमा ५ शो, हेटौडामा रहेको एनएस सिनेमाजमा ३ शो हुनेछ ।

हेटौडामा रहेको ओम्याक्स सिनेमाजमा २ शो, नवलपुरमा रहेको कावासोती सिनेम्याक्समा ४ शो, भक्तपुरमा रहेको कमल विनायक सिनेमाजमा ३ शो, पोखराको लामाचौरमा रहेको हिमाज सिनेमाजमा ३ शो, विराटनगरमा रहेको सेन्ट्रल मल्टिप्लेक्समा ५ शो, नेपालगञ्जमा रहेको सिने रोयलमा ९ शो प्राप्त भएको छ । यस्तै, फिल्म विदेशका ४० देशको दुईसय ५० सहरमा चैत ९ देखि नै प्रदर्शन हुँदैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *