कोशी, मधेश र बाग्मती प्रदेशमा वर्षा

काठमाडौं । आज कोशी, मधेश र बाग्मती प्रदेशका विभिन्न ठाउँमा वर्षा भएको छ । कतिपय क्षेत्रमा मेघ गर्जन र चट्याङ्गसहित वर्षा भइरहेको छ ।

बिहानदेखि झापा, मोरङ, पाँचथर, खोटाङ, ओखलढुंगा, सिरहा, सप्तरी, धनुषा, रौतहट, बारा, पर्सा, सिन्धुली, सिन्धुपाल्चोक, मकवानपुरलगायत ठाउँमा पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद गोविन्द झाका अनुसार काठमाडौंका केही ठाउँमा पनि बिहान फाट्टफुट्ट पानी परेको छ । दिउँसो हल्का पानी पर्ने सम्भावना छ ।

गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा पनि छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

पूर्वी भेगमा पर्सिसम्म वर्षाको सम्भावना रहेको मौसमविद झाले जानकारी दिए ।

कोशी, बाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *