काठमाडौंमा नेपाल-भारत संस्कृत सम्मेलन हुने

काठमाडौं । चैत १४ देखि १६ गतेसम्म काठमाडौंमा नेपाल–भारत संस्कृत सम्मेलन आयोजना हुने भएको छ ।

नेपाल र भारतका संस्कृतका विश्वविद्यालयहरू, महाविद्यालयहरू र विद्यालयहरूको सहकार्यमा सम्मेलन आयोजना गर्न लागिएको सम्मेलन संयोजक डा.प्रेमराज न्यौपानेले जानकारी दिए ।

नीति अनुसन्धान प्रतिष्ठान, नेपाल (नेनाप), केन्द्रीय संस्कृत विश्वविद्यालय, नयाँदिल्ली र इन्डिया फाउन्डेशन, नयाँदिल्ली तीनवटा संस्थाहरूको संयुक्त आयोजनामा संस्कृत सम्मेलन हुने जनाइएको छ ।

उनले यस सम्मेलनबाट नेपाल र भारतका संस्कृतसम्बन्धी साझा धारणाहरू निश्चित हुने भन्दै यो ऐतिहासिक संस्कृत सम्मेलन बन्ने विश्वास लिएको बताए ।

नेपालमा वि.सं. २०२४ मा पहिलो पटक दाङमा नेपाल–भारत संस्कृत सम्मेलन गरिएको थियो । त्यसैगरी दोस्रो पटक २०५१ मा, तेस्रो पटक २०७५ र चौथो पटक २०७६ मा काठमाडौंमा भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *