विराट गोल्डकपमा भुटान र भारतका सहित १० टिम

विराटनगर । चैत १५ गते सुरु हुने विराट गोल्डकप फुटबल प्रतियोगितामा १० वटा टिमको सहभाभगिता हुने भएको छ ।

चैत २४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा भुटान र भारतका दुई टिमसहित १० टिमको सहभागिता हुने भएको हो ।

प्रतियोगिताका खेलहरु विराटनगरस्थित शहीद रंगशालामा हुनेछन् ।

आयोजक समितिका अध्यक्ष किशोर शाहीका अनुसार प्रतियोगिता ‘डे–नाइट’ हुनेछ । रात्रिकालीन खेलहरु फ्लड लाइटको सहायतामा हुनेछ ।

यसपटक प्रतियोगिताको पुरस्कार राशि झण्डै आधा घटाइएको छ । प्रतियोगिताको विजेताले गत वर्ष २० लाख ५१ हजार र उपविजेताले १० लाख ५१ हजार रुपैयाँ पुरस्कार पाएका थिए ।

यो वर्ष विजेताले ११ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।

आर्थिक मन्दी र गत वर्ष घाटा भएका कारण यो वर्ष पुरस्कारको राशि घटाइएको आयोजकको भनाइ छ ।

२०१८ सालदेखि तत्कालीन राजा महेन्द्रको नामबाट सुरु गरिएको गोल्डकप २०६२–०६३ सालको जनआन्दोलनपछि नाम परिवर्तन गरेर २०६८ सालबाट विराट गोल्डकपको नामबाट सञ्चालन हुँदै आएको छ ।

गत वर्ष विराटनगर फुटबल क्लब विराट गोल्डकपको विजेता बनेको थियो । भारत केरलाको लुका सकर क्लब उपविजेता बनेको थियो ।

आज विराट गोल्डकप ट्रष्टद्वारा आयोजित पत्रकार सम्मेलनमा कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले प्रतिययोगिता सफल बनाउन सबैलाई आग्रह गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *