सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपतिका छोरा दीपेश पक्राउ

काठमाडौं । सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पक्राउ परेका छन् ।

उनलाई प्रहरी प्रधान कार्यालय, नक्सालको टोलीले पक्राउ गरेको हो ।

उनी नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीका महासचिव हुन् ।

गत साउन २ गते बरामद भएको ६० किलो सुन तस्करी प्रकरणका मुख्य आरोपी दावा छिरिङसँग उनको सम्बन्ध देखिएको थियो ।

तयसपछि उनी छानबिनको दायरामा परेका थिए ।

सुनसम्बन्धी जाँच आयोगले पनि बिहीबार उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको थियो ।

उक्त प्रतिवेदनमा पुनविरुद्ध अनुसन्धान नगरी सीआईबीले उन्मुक्ति दिएको निष्कर्ष उल्लेख छ ।

यसै प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका दावा छिरिङसँग दिपेशको नजिकको सम्बन्ध रहेको पाइएको थियो ।

सीआईबीमा गरेको बयान कागजमा पुनले दावासँग सम्बन्ध रहेको स्वीकारेका पनि सुन कारोबारमा संलग्न नरहेको दाबी गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *