सुन तस्करीको प्रतिवेदन चाँडै कार्यान्वय गर्ने सरकारको तयारी

काठमाडौं । सरकाले सुन तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले तयार गरेको प्रतिवेदनको अध्ययन गरी तत्काल कार्यान्वयनको प्रक्रियामा लैजाने निर्णय गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले बिहीबार गृह मन्त्री रवि लामिछानेलाई बुझाएको उक्त प्रतिवेदनको गम्भीर अध्ययन गरी तत्काल कार्यान्वयनको लागि प्रक्रियामा लैजाने निर्णय गरेको हो ।

मन्त्रिपरिषदको निर्णय सुनाउँदै सरकारकी प्रवक्ता रेखा शर्माले आयोगले उपप्रधान तथा गृहमन्त्री लामिछानेलाई बुझाएको प्रतिवेदन चाँडै कार्यान्वयनमा लाने निर्णय भएको बताइन् ।

उनले भनिन्, ‘सुनको अवैध पैठारी तस्करी नियन्त्रणसम्बन्धी अध्ययनका लागि गठन गरिएको जाँचबुझ आयोगले उपप्रधान तथा गृह मन्त्रीलाई बुझाएको प्रतिवेदनको गम्भीर अध्ययन गरी तत्काल कार्यान्वयन प्रक्रियामा लैजाने भन्ने बैठकले निर्णय गरेको छ ।’

यसैगरी, मन्त्रिपरिषदको शुक्रबारको बैठकले दुईजना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) को सरूवा गर्ने निर्णय गरेको छ ।

बैठकले एआइजी श्यामलाल ज्ञवालीलाई प्रहरी प्रधान कार्यालय कार्य विभागबाट केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) सरूवा गरेको छ । सिआइबी प्रमुख एआइजी किरण बज्राचार्यलाई नेपाल प्रहरीको कार्य विभागमा सरूवा गर्ने निर्णय गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *