कविता र पर्यटन जोड्ने कार्यक्रम

काठमाडौं । ‘पर्यटनका लागि साहित्य र साहित्यका लागि पर्यटन’ अभियान अन्तर्गत कविहरूबीच भेटघाट तथा कविता वाचन कार्यक्रम सम्पन्न भएको छ ।

कविता र पर्यटनलाई जोड्ने उदेश्यले शनिबार आयोजित उक्त कार्यक्रममा अग्रज कविहरू राजेन्द्र सलभ, स्नेह सायमी, नन्दु उप्रेती, राजेन्द्र अधिकारी, लक्ष्मी माली, महेश प्रसाई र पुष्पराज राजकर्णिकारले कविता वाचन गरेका थिए ।

हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा प्रमुख अतिथि र प्रसिद्ध चलचित्र ‘क्याराभान’ का सहलेखक एवं निर्देशक एरिक भ्याली विशेष अथिति रहेको कार्यक्रम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडि अवस्थित एपेक्स बिजिनेस होटलमा आयोजनामा भएको थियो ।

पर्यटन व्यवसायी एवं नियात्राकार राजेन्द्रमान डङ्गोलको संयोजनमा सम्पन्न कार्यक्रममा कविता वाचन गर्ने अन्य कविहरूमा जयन्ती सत्याल ‘स्पन्दन’, अल्का मल्ल, रामहरी अधिकारी, जयराम बिडारी, रुबी सत्याल, अमरदीप सुनुवार, दीपक भेटवाल, पार्वती भट्ट, ईश्वर थोकर, नवीन पल्लव, दिल पौडेल, यम ज्योति, लोकमणि रिजाल, माधव घिमिरे ‘अटल’, लक्ष्मी रुम्बा र राजेन्द्रमान डंगोल थिए ।

प्रमुख अतिथि नीमा ग्याल्जेन शेर्पाले आफू स्वयं स्थानीय सरकार प्रमुख भएको बताउँदै ‘यहाँ कहाँनेर सरकार छ ?’ भन्ने प्रश्न उठाएर सबै तह र तप्काका जनताले स्थानीयदेखि संघीय सरकारसम्म हाम्रो लागि हो भन्ने अनुभूति गर्ने अवस्था हुनुपर्छ भन्ने विचार व्यक्त गरेका थिए ।

स्रोताहरूको बाक्लो उपस्थिति रहेको सो कार्यक्रममा आयोजकका तर्फबाट सुरेश श्रेष्ठले होटल एवं पर्यटन व्यवसायी र कवि साहित्यकारहरूको सहकार्यलाई व्यापक बनाउनु पर्ने धारणा राखेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *