एसियाली र्याफ्टिङ च्याम्पियनसिपमा नेपाललाई रजत

काठमाडौं । नेपालले एसियाली र्याफ्टिङ च्याम्पियनसिपमा रजत पदक जितेको छ ।

डाउन रिभर, स्लालम र हेड टु हेड गरी ३ विधा समावेश प्रतियोगितामा नेपाल समग्रमा दोश्रो भएको नेपाल र्याफ्टिङ एन्ड क्यानोइङ संघका अध्यक्ष राजीव श्रेष्ठले जनाएका छन् ।

नेपाल हेड टु हेडमा १ सय २०, स्लालममा ८० र डाउन रिभरमा ६० गरी जम्मा २ सय ६० अंक जोड्दै दोश्रो भयो ।

नेपाल डाउन रिभरमा चौथो, स्लालममा दोश्रो र हेड टु हेडमा पहिलो भएको थियो ।

नेपाली खेलाडीमा सविन गुरुङ, शक्तिकुमार गुरुङ, विजय गुरुङ, डम्बरबहादुर पुर्वाछाने र दीपेश पुन मगर रहेका छन् ।

भारतको हिमाचल प्रदेशस्थित सिम्लामा भएको प्रतियोगितामा भारत बेल्गाउँ २ सय ७० अंकसाथ पहिलो तथा भारत राइभोला २ सय ४८ अंकसाथ तेश्रो स्थानमा रहे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *