पशुपतिनाथमा चार लाखभन्दा बढी भक्तजन, राष्ट्रपतिले गरे पूजा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रीको अवसरमा पशुपतिनाथ मन्दिरमा शुक्रबार अपराहन् पूजा आराधना गरेका छन् ।

पूजा आराधनापछि प्रसाद ग्रहण गर्दै राष्ट्रपति पौडेलसतिको टोली फर्किएको थियो ।

महाशिवरात्रिका अवसरमा आज चार लाखभन्दा बढी भक्तजनले पशुपतिनाथको दर्शन एवं पूजाअर्चना गरेका छन्।

महाशिवरात्रिको अवसरमा राष्ट्रपतिले प्रत्येक वर्ष पशुपतिनाथ मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने परम्परा छ ।

पशुपतिनाथ मन्दिरमा अहिले पनि हजारौंको संख्यामा भक्तजन लामबद्ध भएर दर्शन गर्ने क्रम जारी छ ।

मन्दिरमा साँझ साढे पाँच बजेसम्म चारलाख ३५ हजार बढी भक्तजनले पूजा आराधना गरिसकेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

आज बिहान २ बजेबाटै पाशुपत क्षेत्रमा दर्शनार्थीको लागि मन्दिरको चारै ढोका खोलिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *