रहेनन् भजन शिरोमणि भक्तराज आचार्य

काठमाडौं । नेपाली संगीत क्षेत्रका चर्चित व्यक्तित्व भक्तराज आचार्यको ८१ वर्षको उमेरमा सोमबार निधन भएको छ ।

श्वासप्रश्वासमा समस्या भएपछि उपचारको लागि मेडिसीटी अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । आचार्य लामो समययता बिरामी थिए । उनलाई भजन शिरोमणिको उपनामले पनि चिनिन्छ ।

उनी वि. सं. १९९९ साल असोज १६ मा जन्मिएका थिए । भजन शिरोमणिको उपाधिबाट समेत प्रसिद्ध आचार्यको नेपाली सुगम सङ्गीतमा विशिष्ट स्थान छ ।

उनी स्वरसम्राट नारायणगोपालका समकालीन गायक हुन् । आचार्यका मुटु जलिरहेछ, जति चोट दिन्छौ, हजार सपनाहरूको, माया मेरी साँझ बिहान, हजार आँखा हेर्ने, जहाँ छन् बुद्धका आँखा लगायत गीत लोकप्रिय छन् ।

करिब ४ गीतमा स्वर तथा सङ्गीत दिएका आचार्यको शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि मंगलबार बिहान नेपाल सङ्गीत तथा नाट्य प्रतिष्ठानमा राखिने जनाइएको छ ।

उनका छोराहरू सत्य र स्वरूप चर्चित गायक हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *