प्रसिद्ध गजल गायक पंकज उदासको निधन

काठमाडौं । भारतीय प्रसिद्ध गजल गायक पंकज उदासको सोमबार निधन भएको छ ।

७२ वर्षको उमेरमा उधासको निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

उनकी छोरी नायाब उदासले गायकको मृत्युको खबर शेयर गरेकी छन् ।

पोस्टमा उनले लेखेकी छिन् ,‘निकै दुःखका साथ हामी तपाईंहरुलाई एउटा दुःखको खबर सुनाउँदै छौं, पद्यमश्री पंकज उधासको २६ फेब्रुअरी २०२४ का दिन निधन भएको छ । उहाँ लामो समयदेखि बिमारी हुनुहुन्थ्यो ।’

खबर सार्वजनिक भएलगत्तै सांगीतिक क्षेत्र शोकमा डुबेको छ । उनका असंख्य प्रशंसकहरु दुखी बनेका छन् । सामाजिक सञ्जालमा उनलाई कलाकार र प्रशंसकहरुले अन्तिम श्रद्धाञ्जली दिंदै सन्देश लेखिरहेका छन् ।

पंकज उदासका चर्चित गजल र गीतहरुमा चाँदी जैसा रंग है तेरा, एक तरफ उसका घर, दिवारों से मिलकर रोना, चिठ्ठी आइ है, थोडी थोडी पिया करो, घुँगुरु टूट गए, जीए तो जीए कैसे बिना आप के, आज फिर तुम्पे प्यार आया है, आप जिनके करिव होते है लगायत छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *