पाँचजना स्रष्टालाई पुरस्कृत गर्दै साहित्य कला संगम

विराटनगर । साहित्य र कलाको क्षेत्रमा क्रियाशील झापाको दमकस्थित साहित्य कला संगम संस्थाले यो वर्षका तीनवटा पुरस्कारहरु घोषणा गरेको छ ।

स्रष्टा छनोट समितिले सिफारिस गरेअनुसार संस्थाको मूल समितिको बैठकले अनुमोदन गरी पुरस्कार घोषणा गरिएको हो ।

समितिका अनुसार यो वर्षको भवानी मिश्र पुरस्कार झापाका डा. देवी नेपाल, संखुवासभाका ताराबहादुर बुढाथोकी र आसामका डम्बर दाहाललाई प्रदान गरिने भएको छ ।

यसैगरी साहित्य कलाश्री पुरस्कार झापाको दमककी कमला खनाल रिजाललाई प्रदान गर्ने निर्णय भएको समितिले जनाएको छ ।

यस्तै, स्व. तुलसादेवी न्यौपाने स्मृति पुरस्कारबाट मोरङको बेलबारीमा रहेर साहित्यमा सक्रिय रेखा सुवेदीलाई पुरस्कृत गरिने भएको छ ।

उल्लेखित पुरस्कारहरुको राशि जनही ३५ हजार रुपैयाँ छ । साथमा सम्मानपत्र र स्मृति चिह्न पनि प्रदान गरिने जनाइएको छ ।

घोषित पुरस्कारहरु आगामी चैत १० गते शनिबार दमकमा आयोजना गरिने कार्यक्रममा स्रष्टाहरुलाई हस्तान्तरण गरिने संस्थाका अध्यक्ष विष्णु न्यौपानेले बताए ।

संस्थाले स्थापना गरेको अक्षयकोषबाट आउने रकमले ती पुरस्कार प्रदान गरिँदै आएको महासचिव दीपक सुवेदीले जानकारी दिए ।

२०५२ सालमा स्थापना भएको साहित्य कला संगमले साहित्य र कलाका क्षेत्रमा सिर्जनात्मक गतिविधि गर्नुका साथै यस क्षेत्रमा योगदान दिएका सर्जकहरुलाई पुरस्कृत एवं सम्मानित गर्दै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *