खुला मुक्तक वाचन प्रतियोगितामा सुयल प्रथम

विराटनगर । मोरङको सुन्दरहरैँचामा शुक्रबार आयोजित खुला मुक्तक वाचन प्रतियोगितामा दिलकुमार सुयल प्रथम भएका छन् ।

प्रतियोगितामा सतिस कार्की द्वितीय एवं सलिना थापा तृतीय भए भने सज्जल भट्टराईले सान्त्वना पुरस्कार प्राप्त गरे ।

मोरङको सुन्दरहरैँचास्थित सुकुना बहुमुखी क्याम्पसको नेपाली शिक्षण समितिअन्तर्गत अतिरिक्त क्रियाकलाप समितिले आयोजना गरेको प्रतियोगितामा दुई दर्जनभन्दा बढीको सहभागिता थियो ।

प्रमुख अतिथि क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशव अधिकारीको सभापतित्वमा भएको प्रतियोगितामा विशिष्ट अतिथिका रुपमा अर्जुनराज अधिकारी, अतिथिहरु सहायक क्याम्पस प्रमुख बलराम पोखरेल, नेपाली विभागका प्रमुख गेहेन्द्र खनाल, सहप्राध्यापक मोहन तुम्वाहाङलगायतको सहभागिता थियो ।

प्रतियोगिताको निर्णायक मण्डलमा डा. दीपक न्यौपाने, उमादेवी गुरागाईँ र उषाकिरण वाग्ले थिए ।

मुक्तक वाचनसम्बन्धी नियमबारे संयोजक दीपकप्रसाद न्यौपानेले जानकारी गराएका थिए ।

कार्यक्रममा सर्जक रेखा सुवेदीले उद्घोषण गरेकी थिइन् भने सहभागीहरुको स्वागत सोमा बस्नेतले गरेकी थिइन् ।

कार्यक्रम समापनका अवसरमा विदुर सुवेदीले सहभागीलाई धन्यवाद ज्ञापन गरेका थिए ।

विजेताहरुलाई प्रमुख अतिथि, अतिथिलगायत व्यक्तित्वहरुले पुरस्कार हस्तान्तरण गरेका थिए ।

आयोजकका तर्फबाट अतिरिक्त क्रियाकलाप समितिका सदस्य सहप्राध्यापक जनार्दन गुरागाईँलगायतको सहभागिता थियो।

प्रतियोगितामा निर्मला आचार्य, संगम राई, सरस्वती घिमिरे, तारा चम्लागाईँ, खगेन्द्र घिमिरे, दिलकुमार नेपाली, एलिना थापालगायत सहभागी थिए।

यसैगरी गंगा दिलायी, उज्जवल भण्डारी, दीपा अधिकारी, कुमारी खत्री, जुली पण्डित, लक्ष्मी रायमाझी, विमल श्रेष्ठ, निमा घिसिङ, बद्री श्रेष्ठ, सज्जल भट्टराई, तोयानाथ गिरी, लक्ष्मी मण्डल, मनु शर्मा, दीपक भण्डारी, सतिस कार्की, प्रकृति न्यौपाने, पविन विश्वकर्मा, विजय ओझालगायतको पनि सहभागिता थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *