प्रतापनिधि पुरस्कार तथा छात्रवृत्ति घोषणा

विराटनगर । शिक्षासेवी तथा सामाजिक व्यक्तित्व प्रतापनिधि शर्माको स्मृतिमा स्थापित विभिन्न पुरस्कार एवं छात्रवृत्ति स्रष्टा र विद्यार्थीलाई दिइने भएको छ ।

प्रतापनिधि शिक्षा पुरस्कार, प्रतापनिधि साहित्य पुरस्कार र प्रतापनिधि छात्रवृत्ति वितरणको निर्णय समितिले गरेको हो ।

अध्यक्ष दिनेशराज सुवेदीको अध्यक्षतामा बसेको बैठकले २०८० सालका पुरस्कारहरूको निर्णय गरेको हो ।

लामो समयसम्म विभिन्न क्याम्पस तथा विद्यालयमा प्राध्यापन गरेका डा. मोहनप्रसाद ढकाललाई प्रतापनिधि शिक्षा पुरस्कार दिने निर्णय भएको सुवेदीले बताए ।

यसैगरी, साहित्यका विविध विधामा कलम चलाउने साहित्यकार भवानीप्रसाद पोखरेललाई प्रतापनिधि साहित्य पुरस्कार दिने निर्णय गरिएको छ ।

शर्माको स्मृतिमा स्थापित प्रतापनिधि छात्रवृत्ति विराटनगरमा रहेका बिभिन्न सामुदायिक विद्यालयका पाँच छात्र, छात्रालाई प्रदान गरिने संस्थाका सचिव लक्ष्मणप्रसाद गेलालले जानकारी दिए ।

२०४५ सालमा शर्माको स्मृतिमा स्थापित संस्थालाई क्रियाशील राख्दै हरेक वर्ष समाजका विभिन्न क्षेत्रमा विशिष्ट योगदान प्रदान गर्ने व्यक्तित्वहरूलाई पुरस्कृत गरिने जनाइएको छ ।

घोषित पुरस्कारहरु फागुन १९ गते आयोजना हुने विशेष कार्यक्रममा सम्बन्धित व्यक्तित्वहरुलाई हस्तान्तरण गरिने समितिले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *