क्यानाडाविरुद्ध दोस्रो एकदिवसीयमा नेपाल विजयी

काठमाडौं। क्यानाडा ११ विरुद्धको एकदिवसीय शृंखलाको दोस्रो खेलमा नेपाल ‘ए’ दुई विकेटले विजयी भएको छ।

क्यानाडाले दिएको २४१ रनको लक्ष्य पछ्याएको नेपाल ‘ए’ ले ४९ ओभर १ बलमा ८ विकेट गुमाएर पूरा गर्यो।

नेपालका लागि कप्तान सन्दीप जोराले ६६ रनको अर्धशतकीय पारी खेले।

त्यस्तै, अर्जुन कुमालले ४०, शेर मल्ल ७, किरण थगुन्ना १३ रनको योगदान दिए।

यसअघि मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानाडाले ४९ ओभर ५ बलमा सबै विकेट गुमाउँदै २४० रन बनाएको थियो।

क्यानाडाका श्रेयास मोभाले ६८, नवनीत धलिवलले ४६, सृमन्थ विजयरत्नेले ४१ र आरोन जोन्सनले ३६ रनको योगदान दिएका थिए।

बलिङमा नेपालका शाहव आलमले ३, शेर मल्ल र रशिद खानले २–२, बसिर अहमद र सागर ढकालले १–१ विकेट लिएका थिए।

जितसँगै नेपाल ‘ए’ टीमले क्यानाडाविरुद्ध ३ खेलको एकदिवसीय सिरिज १–१ को बराबरी गरेको छ।

पहिलो खेलमा नेपाल ‘ए’ टीम क्यानडासँग पराजित भएको थियो। नेपाल ‘ए’ टीम क्यानडाासँग ४ विकेटले पराजित भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *