तनहुँमा दुर्घटना, २ जनाको मृत्यु, चालकसहित १६ घाइते

तनहुँ । तनहुँमा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी चालकसहित १६ जना घाइते भएका छन् ।

आबुखैरेनी गाउँपालिका-१ गिराउनचौरस्थित बरादी हिलेखर्क भित्री सडक खण्डमा दुर्घटना हुँदा आबुखैरेनी गाउँपालिका-६ का ७२ वर्षीय आसबिर गुरुङ र ब्यास नगरपालिका-९ का १७ वर्षीया तुलसी गुरुङको मृत्यु भएको तनहुँ प्रहरीका प्रवक्ता डिएसपी मोहनबहादुर खाँणले जानकारी दिए ।

उनका अनुसार गएराति साढे १२ बजे आबुखैरेनी गाउँपालिका-१, गिराउनचौरस्थित बरादी हिलेखर्कस्थित भित्री सडकमा मिर्लुङबाट छापस्वारातर्फ जन्ती लिई जाँदै गरेको बा १८ च ५९२१ नम्बरको बोलेरो जिप अनिन्त्रित भइ सडकदेखि अन्दाजी ५०० मिटर तल खसेको थियो ।

दुर्घटनामा ७२ वर्षीय आसबिर गुरुङको घटनास्थलमै मृत्यु भएको थियो । तुलसीको भने नयाँ मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा ज्यान गएको हो । दुर्घटनामा घाइते १६ जनाको भने नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी खाँणले जानकारी दिए ।

प्रहरीका अनुसार दुर्घटनामा आबुखैरेनी-६ का सुविना गुरुङ, मनबहादुर गुरुङ, सुकमाया गुरुङ, एलिसा गुरुङ, सबिता गुरुङ, आबुखैरनी-३ का सिसिर गुरुङ घाइते भएका छन् । उनीहरुको आबुखैरेनीस्थित अस्पतालमै उपचार भइरहेको छ ।

त्यस्तै सोही गाउँका चालक ३८ वर्षीय राजकुमार विश्वकर्मासहित आबुखैरेनी-६ कै सोमलाल गुरुङ, भक्कुलाल गुरुङ, सेरबहादुर गुरुङ, आसमाया गुरुङ, दीक्षा गुरुङ, सेते गुरुङ, चिजकुमारी गुरुङ, वडा नं. १० का सुसान गुरुङ र वडा नं. ६ का सुनिता गुरुङ घाइते छन् । उनीहरुलाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर पुर्‍याइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *