नेपाल-क्यानाडा त्रिकोणात्मक एकदिवसीय शृङ्खलाको अन्तिम खेल हुँदै

काठमाडौं। नेपाल–क्यानाडा त्रिकोणात्मक एकदिवसीय शृंखलाको अन्तिम तथा तेस्रो खेल आज सोमबार हुँदैछ।

शनिवार भएको दोस्रो खेलमा नेपाली खेलाडीहरूले धैर्यपूर्वक गरेको ब्याटिङका कारण क्यानाडालाई पराजित गरेको थियो।

नेपाल आजको खेलमा सिरिज क्लिन स्विप गर्ने लक्ष्यमा मैदान उत्रदा क्यानाडा भने पहिलो जितको खोजीमा मौदान प्रवेश गर्नेछ।

दोस्रो खेलमा नेपालले कुशल भुर्तेल, ललित राजवंशी र आरिफ सेखलाई बेन्चमा राखेर आकाश चन्द र सूर्य तामाङलाई अवसर दिँदा उनीहरुले राम्रो प्रदर्शन गरे।

दुई खेलमा पराजय बेहोरेपछि क्यानाडाका मुख्य प्रशिक्षक पुबुदु दाशानायके दबाबमा छन्। उनलाई नेपाली मैदान, पिच र खेलाडीको खेल्ने शैलीबारे निकै राम्ररी थाहा छ।

यसअघि उनी नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक थिए। तर, नेपाली टोलीलाई घरेलु मैदानमा पाएको दर्शकको साथ र ब्याटिङमा देखिएको धैर्यताका कारण दाशानायकेले फाइदा उठाउन सकेका छैनन्।

सिरिजको पहिलो खेलमा नेपालले ७ रन र दोस्रो खेलमा ४ विकेटको क्यानाडामाथि जित हात पारेको थियो। यससँगै नेपाल एक खेल अगावै विजेता बनिसकेको छ।

पछिल्लो समय व्यस्त देखिएको नेपाली टोलील यो सिरिज सकेलगत्तै घरेलु मैदानमा नै नामिबिया र नेदरल्याण्ड्स सम्मिलत त्रिकोणात्मक लिग टु सिरिज खेल्नेछ।

उक्त सिरिज फागुन ३ देखि १३ सम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ। नेपालले फागुन ३ र ७ मा नामिबिया तथा फागुन ५ र १३ मा नेदरल्याण्ड्ससँग खेल्नेछ।

त्रिकोणात्मक एकदिवसीय शृंखला सकिएलगत्तै यी तीन टोलीबीच टी–२० श्रृंखला हुनेछ। यो खेल फागुन १५ देखि २२ सम्म चल्नेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *