आईसीसी यु-१९ विश्वकप खेल्ने नेपाली टोली दक्षिण अफ्रिका प्रस्थान

काठमाडौं । आईसीसी यू–१९ विश्वकप खेल्न दक्षिण अफ्रिका जाने नेपाली राष्ट्रिय क्रिकेट टिमलाई बिदाइ गरिएको छ ।

नेपाल क्रिकेट संघ( क्यानले आज एक कार्यक्रम गर्दै नेपाली युवा टोलीलाई बिदाइ गरेको हो । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, क्यान अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्कालगायतले टिमलाई बिदाइ गर्दै शुभकामना दिए ।

यू–१९ टिमका कप्तान देव खनालले तयारी सबै राम्रो रहेको र टिमको प्रतियोगिता अघि दक्षिण अफ्रिकामै आयोजना हुने क्याम्प महत्वपूर्ण हुने बताए ।

नेपाली युवा टोलीका मुख्य प्रशिक्षक जगत् टमाटाले नेपाललाई ८ वर्षपछि फेरि विश्वकपसम्म पुर्‍याउन क्यान र खेलाडीहरुको उल्लेखनीय योगदान रहेको बताउँदै चुनौती रहे पनि टोली मानसिक र शारीरिक रूपमा तयार भएको बताए ।

क्यान अध्यक्ष चन्दले टिमलाई उच्च प्रदर्शन गर्न शुभकामना दिए । राखेप सदस्य सचिव घिसिङले नेपाली टिमले विश्वकपमा नेपालले राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरे ।

विश्वकपअन्तर्गत नेपाल समूह ‘डी’ मा छ । यस समूहमा नेपालसहित पाकिस्तान, न्युजिल्याण्ड र अफगानिस्तान छन् । नेपालले माघ ७ गते न्युजिल्यान्डसँग खेल्दै विश्वकपको सुरुवात गर्ने छ ।

दोस्रो खेल १० माघमा पाकिस्तान र समूहको अन्तिम खेलमा माघ १२ गते अफगानिस्तानसँग खेल्ने छ । विश्वकप अघि नेपालले पुस २८ गते स्कटल्याण्ड र माघ २ गते वेस्ट इन्डिजसँग वार्म अफ म्याच खेल्नेछ ।

देव खनालको कप्तानीमा रहेको १५ सदस्य टोली आजै त्यसतर्फ प्रस्थान गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *