जानकी मन्दिरबाट कोसेली लिएर अयोध्या प्रस्थान

जनकपुर । धनुषाको जानकी मन्दिरबाट भारतको अयोध्याका लागि भार (कोसेली) सहितको टोली प्रस्थान गरेको छ । अयोध्यामा नवनिर्मित राम मन्दिरमा प्राण प्रतिष्ठाका लागि कोसेली बोकेर टोली त्यता गएको हो ।

बाजागाजासहित जानकी मन्दिरका महन्थ रामतपेश्वर दासको नेतृत्वमा भारसहित २५१ जनाको टोली अयोध्याको राम मन्दिरका लागि बिहीबार प्रस्थान गरेको हो ।

भार निस्किनु अघि जानकी मन्दिर प्राङ्गणमा सर्वसाधारणका लागि अवलोकन गर्न राखिएको थियो । मिथिलाञ्चलमा छोरीको घरमा माइतबाट कोसेली पठाउने चलन छ ।

त्यस क्रममा मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, पूर्वउपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधि, जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साहलगायतले शुभकामना दिएका थिए ।

भारसहितको टोली जलेश्वर हुँदै सम्सी कन्मा, मलंगवा, सिमरौन, कलैया, गढिमाई र वीरगन्ज पुगेर रात्रि विश्राम गर्ने र भोलि शुक्रबार रक्सौल नाका हुँदै बेतिया, गोरखपुर र अन्तिममा अयोध्या पुग्ने जनाइएको छ ।

अयोध्यामा सम्पूर्ण भार रामजन्मभू िट्रष्टलाई हस्तान्तरण गरी मन्दिर दर्शन गर्ने जानकी मन्दिरका छोटे महन्थ राम रोसन दासले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *