नेपथ्यको नयाँ गीत ‘पचासै वर्षमा’ सार्वजनिक

 

काठमाडौं। प्रसिद्ध लोक–रक ब्यान्ड नेपथ्यले नयाँ गीत ‘पचासै वर्षमा’ सार्वजनिक गरेको छ । शुक्रबार नेपथ्य युट्युब च्यानलमार्फत उक्त गीत सार्वजनिक गरिएको हो।

उक्त गीतमा पचास वर्षको अन्तरालमा मानिसले के कस्ता परिवर्तन देखे, समग्र समाजदेखि प्रविधिले ल्याएका फरक भोगाइलाई प्रस्तुत गरिएको छ।

नेपथ्यका अगुवा गायक अमृत गुरुङले यो गीतको प्रसंग छ वर्षअघि सुरू भएको बताएका छन् ।

आफू पचास वर्ष पुगेको बेला तनहुँका अनिल अधिकारीले सुनाएको एउटा गीतमा भएका शब्दमध्ये दुई लाइन रमाइलो लगेको भन्दै उनले त्यसपछि अन्यत्र सुनेका टुक्का, आफैँले लेखेका केही हरफ मिसाएर गीतलाई पूर्णता दिएको बताए ।

उक्त गीतलाई नवीन जोशीले निर्देशन गरेका छन्। नेपथ्यको चर्चित गीत ‘रेशम’ गीतको म्युजिक भिडिओ निर्देशन गरेका नवीनले ब्यान्डका लागि तयार पारेको यो दोस्रो म्युजिक भिडियो भएको जनाइएको छ।

म्युजिक भिडिओमा अखबारका कटिङहरूमार्फत नेपथ्य ब्यान्डको यात्रालाई देखाइएको छ।

नेपथ्यले देशका विभिन्न स्थानमा कन्सर्टहरु गर्दै आएको छ।

यसैगरी क्यानाडा, अमेरिका, अष्ट्रेलिया, बेलायतलगायत मुलुकमा पुगेर पनि नेपथ्यका कलाकारहरुले आफ्नो प्रस्तुति दिइसकेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *