प्रहरीको गोलीले दुईजना युवकको मृत्यु

 

काठमाडौं । कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षा दिन नपाएपछि युवाहरुले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । त्यस क्रममा प्रहरीको गोली लागेर दुईजना युवककको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दैलेखका सुजन रावत र डोटीका वीरेन्द्र शाह रहेको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले बताए ।

उनले आन्दोलनको क्रममा घाइते भएकाहरुको उपचारका क्रममा मृत्यु भएको बताए । शाहको पाटन अस्पतालमा र रावतको किष्ट अस्पतालमा मृत्यु भएको हो।

वीरेन्द्र शाहको ठेगाना भने डोटी वा अछाम भन्ने स्पष्ट भइनसकेको उनको भनाइ छ । प्रदर्शनमा उत्रिएका युवाले सडक अवरुद्ध पार्दै सवारीसाधनमा आगजनी गरेका थिए ।

भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडी रोकेर उनीहरुले शुरुमा हावा खुस्काएका थिए । उनीहरुले गाडीमा आगजनीसमेत गरेका थिए ।

प्रदर्शनस्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । युवाहरुको मृत्यु भएपछि उक्त क्षेत्र तनावग्रस्त बनेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *