७० वर्षीया सफिनाले जन्माइन् जुम्ल्याहा

काठमाडौं । युगान्डाकी एक ७० वर्षीया वृद्धाले जुम्ल्याहा बच्चा जन्माएकी छन् ।

मेडिकल साइन्सले यो उमेरमा बच्चा जन्माउनुलाई चमत्कारको रुपमा मानेको छ ।

७० वर्षीया सफिना नामुक्वेयाले युगान्डाको राजधानी कम्पालाको एक अस्पतालमा एक छोरी र एक छोरालाई जन्म दिएकी हुन् ।

बीबीसीका अनुसार सफिनाले कम्पालाको प्रजनन केन्द्रमा सिजेरियन अपरेशन गरेर जुम्ल्याहा बच्चा जन्माएकी छन् ।

अस्पतालले सफिनालाई बधाई दिँदै उनलाई बच्चा जन्माउने सबैभन्दा वृद्ध महिलामध्ये एक भएको बताएको छ ।

महिला अस्पताल इन्टरनेशनल र प्रजनन केन्द्रका विशेषज्ञ डा. एडवर्ड तामालेले महिलाले इन–भिट्रो निषेचन प्रक्रियाका लागि डोनरको डिम्ब र आफ्नो पार्टनरको शुक्रकीट प्रयोग गरेको बताए ।

शिशुहरू ३१ हप्ता समय नपुग्दै जन्मेका थिए । उनीहरुलाई इन्क्यूबेटरमा राखिएको छ । दुवै शिशु अहिले स्वस्थ छन् ।

सामान्यतया महिलाहरू ४५ देखि ५५ वर्षको उमेरमा मेन्सुरेसन अनियमित हुने गर्छ । यस समयमा प्रजनन क्षमता घट्छ तर औषधिको विकासले उनीहरूलाई बच्चा जन्माउन सम्भव बनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *