रोजगारीका लागि बेलायत जान ७१ जना नर्स छानिए

 

काठमाडौं। रोजगारीका लागि नेपालबाट बेलायत जान चाहनेमध्ये ७१ जना छानिएका छन्।

वैदेशिक रोजगार विभागले बेलायत जान आवेदन दिएकामध्ये ७१ जना नर्सको नाम छनोट गरेको हो।

रोजगारीका लागि बेलायत जान ७ सय ७१ जनाले आवेदन दिएका थिए।

उक्त सूचीबाट विभागले ७१ जनालाई छनोट गरेको हो।

आवेदनका लागि आवश्यक कागजपत्र पूरा गरेकाहरुको नाम छनोट गरिएको विभागले जनाएको छ।

विभागका अधिकारीहरुका अनुसार नर्सको योग्यता र अनुभवका आधारमा सूची तयार पारिएको हो।

आवेदन दिँदा कम्तीमा ३ वर्षको नर्सिङ कोर्स पीसीएल नर्सिङ वा बीएन सरहको शैक्षिक योग्यता हासिल गरेको हुनुपर्ने प्रावधान राखिएको थियो।

यसका साथै कम्तीमा दुई वर्षको कार्य अनुभव र अंग्रेजी भाषामा दख्खल भएको हुनुपर्ने मापदण्ड तोकिएको थियो।

गत जुलाईमा दुई देशबीच सयजना नेपाली नर्स बेलायत लैजाने सहमति भएको थियो।

त्यही सहमतिअनुसार इच्छुकहरुबाट आवेदन माग गरिएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *