अत्यावश्यक काम परेमात्र गाडी लिएर निस्कन ट्राफिकको अनुरोध

काठमाडौं । दुईवटा समूहले शक्ति प्रदर्शन गर्ने घोषणा गरेको दिन भोलि मंसिर ७ गते उपत्यकाको ट्राफिक व्यवस्थापन नियन्त्रणबाहिर जानसक्ने अनुमान गरेर उपत्यका ट्राफिक प्रहरी कार्यालयले सूचना जारी गरेको छ ।

भोलि नेकपा एमालेको भ्रातृ संगठन युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईंले काठमाडौंमा प्रदर्शन गर्ने घोषणा गरेका छन् । प्रदर्शनका कारण काठमाडौंको ट्राफिक व्यवस्थापनमा असर पर्ने भन्दै ट्राफिक प्रहरी कार्यालयले अत्यावश्यक काम परे मात्रै सवारी साधन लिएर निस्किन आग्रह गरेको हो ।

‘काठमाडौं उपत्यकाभर सवारी आवगमनमा असहजता सिर्जना हुन सक्ने भएकाले अत्यावश्यक काममा मात्र सवारी साधन लिएर निस्कनु हुन र सडकमा निस्कनुभन्दा पहिले १०० वा १०३ मा फोन गर्न साथै ट्राफिकएफएम ९५.५ मेगाहर्ज सुनेर सडकको अवस्थाबारे जानकारी लिन अनुरोध छ,’ ट्राफिकले जारी गरेको सूचनामा उल्लेख छ ।

ट्राफिकले सुरक्षा र ट्राफिक व्यवस्थापनका लागि जुनसुकै ठाउँबाट पनि सवारी साधन डाइभर्ट गर्न सक्ने जानकारी पनि दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *