भूकम्पमा परी ज्यान गुमाउनेको संख्या १२८ पुग्यो

काठमाडौं । शुक्रबार रातिको भूकम्पमा जाजरकोट र रुकुमपश्चिममा ज्यान गुमाउनेको सङ्ख्या १ सय २८ पुगेको छ । १ सय ४० जना घाइते भएका छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार जाजरकोटमा अहिलेसम्म ९२ जनाको ज्यान गएको पुष्टि भएको छ । ५५ जना घाइते छन् ।

त्यसैगरी, रुकुम पश्चिममा पनि भूकम्पले ठूलो क्षति गरेको छ । भूकम्पमा परी रुकुमपश्चिममा ३६ जनाले ज्यान गुमाएका छन् । ८५ जना घाइते छन् ।

यसमध्ये ९ जनाको अवस्था गम्भीर भएकाले हेलिकप्टर मार्फत उद्धार गर्ने तयारी भइरहेको छ । बाँकी अन्य घाइतेहरूको उपचार जिल्ला अस्पताल र चौरजहारी अस्पतालका साथै विभिन्न स्वास्थ्य संस्थामा भइरहेको जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *