दसैँको मौकामा अधिकारीले ल्याए नयाँ गीत ‘फर्किन्छु यसपालि’

विराटनगर । जापानमा रही गीत लेखनलगायत सिर्जनात्मक काममा सक्रिय रहेका पोखराका दीपेन्द्र अधिकारीले दसैँको अवसरमा नयाँ गीत ‘फर्किन्छु यसपालि’ सार्वजनिक गरेका छन् ।

अधिकारीको शब्द रहेको गीतमा साहस शाक्यले संगीत भरेका छन् भने उनकै स्वरमा गीत रेकर्ड गरिएको छ ।

गीतमा परदेशीले चाडपर्वका बेला गर्ने अनुभूतिलाई समेटिएको छ । आफ्नो बाल्यकाल, गाउँ, परिवेश र बालसखाहरुको सम्झना गर्दै गीत भावनात्मक रुपमा तयार भएको अधिकारीले बताए ।

दसैँका बेला गाउँमा हालिने लिङ्गे पिङ्, तिहारको देउसी भैलो, चाडपर्वको बेला खुल्ने मौसम, आकर्षक हिमालजस्ता विषयवस्तुहरु गीतका भावमा छन् ।

प्रवासमा रहेका नेपालीहरुले चाडपर्वका बेला गर्ने अनुभव समेटिएको गीतले धेरैको मन छुने यसका निर्माताले जनाएका छन् । प्रवासी नेपालीका कथा र व्यथा बोकेको गीत भएकाले धेरैले मन पराउने आशा गरेको अधिकारीले बताए ।

अधिकारीले यसअघि ‘जीवनको रेल’, ‘मनमोहक पोखरा’, ‘चुलबुल चुलबुल’, ‘प्यारी भान्जी’, ‘नेपालकी छोरी’ लगायत गीत सार्वजनिक गरिसकेका छन् ।

उनको सिर्जनामा तयार भएका गीतहरुको म्युजिक भिडियो पनि बनेका छन् । ती सबैजसो लोकप्रिय छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *