आरोहण गुरुकुलमा महाकविको ‘मुनामदन’

 

विराटनगर । महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित खण्डकाव्य ‘मुनामदन’ मा आधारित नाटक मञ्चनको समय थप चार दिन थपिएको छ ।

असोज ४ गतेबाट मञ्चन सुरु भएको नाटक असोज १६ सम्म मञ्चन गर्ने भनिए पनि दर्शकको आग्रहमा चार दिन थप गरिएको जनाइएको छ । अब नाटक असोज २० गतेसम्म मञ्चन हुनेछ ।

विराट आदर्श साहित्य मञ्चको आयोजनामा विराटनगरस्थित सुशीला कोइराला नाटकघर आरोहण गुरुकुलमा नाटक मञ्चन भइरहेको छ । मंगलबार मात्रै पाँच शो नाटक मञ्चन भएको मञ्चका अध्यक्ष कटवाल दीपकले जानकारी दिए ।

मुनामदनको नाट्य रुपान्तरण तथा निर्देशन युवा साहित्यकार कटवाल दीपकले गरेका हुन् । कलेज, विद्यालयहरू र दर्शकको मायाकै कारण नाटक मञ्चनको समय थप चार दिन थप गरिएको अध्यक्ष कटवाल दीपकले जानकारी दिए ।

नाटकमा लकेश दंगाल, मिलन चाम्लिङ राई, रस्मी थापा, सुजता थापा, अतीत निरौला, प्रदिप दाहाल, निर्जल पौडेल, दिवस ढकाल, एलिजा ठाकुर, आकृति थापा, सचिन लिम्बु, लिला लिम्बु र मलिना तामाङको अभिनय छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *