प्राविधिक विषय अध्ययन गर्न चाहने ५० जनालाई छात्रवृत्तिको अवसर

 

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) र सनवे कलेजबीच ‘नेपालमा अध्ययन’ अभियान अन्तर्गत ५० जना विद्यार्थीको लागि सफ्टइडी ग्रुपमा छात्रवृत्ति प्रदान गर्ने सम्झौता भएको छ ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी इक्यानका अध्यक्ष शेषराज भट्टराईले ‘नेपालमा अध्ययन’ अभियानअन्तर्गत सामाजिक उत्तरदायित्व पूरा गर्ने हेतुले २०२३ नोभेम्बर देखि २०२४ मार्चसम्म विभिन्न प्राविधिक विषयमा अध्ययन गर्न चाहने महेनती र जेहेन्दार ५० जना विद्यार्थीलाई पूर्ण र आंशिक गरी छात्रावृत्ति उपलब्ध गराउन लागेको जानकारी दिए ।

भट्टराईले सूचना प्रविधि विषयमा स्नातक तहसम्म अध्ययन गर्न चाहने ५० जना विद्यार्थीका लागि छात्रवृत्तिमा अध्ययन गर्ने अवसरका लागि सनवे कलेजसँग सम्झौता गरेको जानकारी दिए ।

अध्यक्ष भट्टराईले भने, ‘सूचना प्रविधिको विषयमा अध्ययन गर्न चाहने नेपाली विद्यार्थी २ जनालाई पूर्ण र ४८ जनालाई आंशिक छात्रवृत्ति दिने भएको छ । आंशिक छात्रवृत्ति पाउने १० जनाले ५० प्रतिशत र ३८ जनाले ३० प्रतिशत छात्रवृत्ति पाउने छन् ।’

पूर्ण छात्रवृत्ति पाउनका लागि विद्यार्थीले प्लस २ मा ३ दशमलब ६० जीपीए ल्याएको हुनुपर्ने छ भने ५० प्रतिशत पाउनको लागि प्लस २ मा ३ दशमलब ५० र ३० प्रतिशत छात्रवृति पाउनका लागि प्लस २ मा ३ जीपीएसहित आइइएलटीएसमा ५ दशमलब ५ स्कोर ल्याएको हुनुपर्ने मापदण्ड तोकिएको छ ।

कलेजले स्नातक स्तरको विद्यार्थीलाई बीएस्सी, अनर्स कम्प्युटर साइन्स, विथ आर्टिफिसियल इन्टिलिजेन्स कोर्सको लागि छात्रावृत्ति प्रदान गर्ने छ । जसमा डाटा साइन्स, आर्टिफिसियल इन्टिलिजेन्स, मसिन लर्निङ, साइबर सेक्युरिटी, सफ्टवेर इन्जिनियरिङ, इनोभेसन लगायतका विविध विषयमा पढ्न चाहनेका लागि अवसर प्रदान गर्नेछ ।

छात्रवृत्ति पाउन चाहनेले [email protected] मा आवेदन दिन आयोजकले आग्रह गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *