गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा गणपूरक संख्या नपुगेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन् ।

उनले भने, ‘कुनै पनि प्रश्न वा प्रस्ताव निर्णयार्थ पेस गर्न प्रतिनिधि सभाको एक चौथाई सदस्य हुनुपर्ने व्यवस्था छ । ६९ हुनुपर्नेमा ६६ भएकोले गणपूरक संख्या नपुगेपछि आजको कार्यसूचिको कार्यक्रम हटाइएको छ ।’

ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले पेश गरेको विद्युत विधेयक छलफलका लागि संख्या नपुगेको हो ।

अर्को बैठक अब बिहीबार दिउँसो १ बजे बस्ने सभामुख घिमिरेले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *