धार्मिक र सम्प्रदायिक घृणा नफैलाउन सरकारद्वारा अपील

काठमाडौं । सरकारले धार्मिक तथा सम्प्रदायिक घृणा फैलाउने काम नगर्न सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई अपील गरेको छ ।
मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकबाट सरकारले यस्तो अपील गरेको हो ।
बैठकमा नेपालगञ्जमा देखिएको तनावबारे छलफल भएको थियो । बैठकले धार्मिक, सम्प्रदायिक वा अरु आधारमा घृणा वा द्वेष हुने काम कारबाही नगर्न अपील गरेको छ ।
सामाजिक सञ्जाल प्रयोग गर्दा आधारहीन वा व्यक्तिको प्रतिष्ठा वा गोपनीयतामा आघात पुर्याउने काम नगर्न पनि सरकारले अनुरोध गरेको छ ।
बैठकपछि सञ्चारमन्त्री रेखा शर्माले भनिन्, ‘विभिन्न जातजाति वा सम्प्रदायको बीचमा सुमम्बधमा खलल पुग्ने नगर्न नगराउन हुन सबैमा हार्दिक अनुरोध गर्दछौं ।’
प्रतिक्रिया