सरकारले हिंसालाई प्रोत्साहन गरेको ओलीको आरोप

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले संविधान दिवसको बहानामा अपराधीलाई छोडेर हिंसालाई प्रोत्साहन गरेको आरोप लगाएका छन् ।

मंगलबार बसेको प्रतिनिभिसभा बैठकलाई सम्बोधन गर्दै उनले एसिड आक्रमणको सिकार भएको पीडितलाई उपचार दिन नसक्ने सरकारले हिंसाका घटनालाई प्रोत्साहन गर्न खोजेको आरोप लगाए ।

उनले अहिले माओवादी केन्द्रको नेतृत्वको सरकार चरम अनुत्तरदायी र गैरजिम्मेवार भएको दाबी गरे ।

उनले विकासका कामहरुलाई ठप्प पार्ने, चलिरहेका आयोजनाहरू रोक्ने र भुक्तानी नदिने जस्ता काम सरकारबाट भएको टिप्पणी गरे ।

उनले भने, ‘उनीहरुले बैंकको ऋण तिर्न सकेका छैनन् । सरकारले भुक्तानी दिँदैन् । त्यसैले अहिले माओवादी केन्द्रको नेतृत्वको सरकार कस्ता देखिएका छन् हामी सबैलाई थाहा छ । वास्तवमै सरकार चरम अनुत्तरदायी गैरजिम्मेवार देखिएका छन् । स्वेच्छाचारी देखिएका छन् । विकासविरोधी देखिएका छन् । विकासका काम ठप्प पारेका छन् । चलिरहेका आयोजनाहरू रोकिएका छन् । भुक्तानी दिएको छैन । उनीहरुले बैंकको ऋण तिर्न सकेका छैनन् ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *