अर्थतन्त्रको अवस्था चिन्ताजनक छ, टालटुल गरेर सम्हाल्न सकिँदैनः पूर्वअर्थमन्त्री पौडेल

काठमाडौं । पूर्वअर्थमन्त्री विष्णु पौडेलले मुलुकको अर्थतन्त्रको अवस्था चिन्ताजनक रहेको बताएका छन् ।

आज अर्थ समितिको बैठकमा उनले नागरिकहरु पनि मुलुकको अर्थतन्त्रप्रति चिन्तित देखिएको भन्दै यस विषयमा सबै जनाको उपस्थितिमा खुल्ला छलफल हुनु आवश्यक भएको उल्लेख गरे ।

उनले भने, ‘अर्थतन्त्रको अवस्था चिन्ताजनक छ । आम नागरिक पनि मुलुकको अर्थतन्त्रबाट चिन्तित छन् । अहिले हामी सामान्य अवस्थामा छैनौ, टालटुल गरेर मुलुकको अर्थतन्त्र सम्हाल्न सकिदैँन । त्यसकारण अवस्था कस्तो छ र समाधानका लागि के प्रयासहरु भइरहेका छन् भन्ने विषयमा जानकारी राख्ने अधिकार नागरिकलाई पनि छ । सबै जनाको उपस्थितिमा बैठकमा खुल्ला छलफल गर्नु आवश्यक छ ।’

उनले मन्त्रीसँग सोध्ने प्रश्न सचिवहरुलाई भनेर काम नचल्ने र आवश्यक जवाफ पनि आउन नसक्ने भन्दै अर्थमन्त्रीको यो बैठकभन्दा महत्वपूर्ण काम के पर्यो भन्दै प्रश्न गरे ।

उनले भने, ‘अर्थ मन्त्रीलाई समितिमा बोलाए पनि अझसम्म उपस्थिति भएको छैन । यो मिलेन । मन्त्री आउनुहुन्छ भन्ने जानकारीका साथ मन्त्रीको उपस्थितिमा हामी छलफल गर्न पाउँछौ, सवालजवाफ गर्न पाउँछौ । हाम्रो कुराहरु पनि राख्न पाउँछौ त्यसबाट समस्या के हो समाधानका बारेमा अर्थ मन्त्रालयले कसरी सोचिरहेको छ भन्नेबारे जानकारी पाउन सक्छौ भन्ने अपेक्षा हो । मन्त्री निरन्तर दोस्रो पटक उपस्थिति हुनु भएको छैन् । यो उचित भएन ।’

नेपालको अर्थतन्त्रलाई गहिरो गरी अवलोकन गरेर अर्थविदहरुको उपस्थितिमा अर्थतन्त्रका समस्याहरुमा केन्द्रीत भएर छलफल गर्ने र समाधानमा अगाडि बढ्न आवश्यक भएको पौडेलले बताए ।

उनले भने, ‘अब एउटा यस्तो बैठकको तयारी गर्नुपर्छ, जसमा समितिको सम्पूर्ण सदस्य, अर्थमन्त्री र अथ मन्त्रालयका कर्मचारीहरुको पनि उपस्थिति रहेर नेपालको अर्थतन्त्रलाई गहिरो गरी अवलोकन गरेर अर्थविद्हरुको पनि उपस्थिति होस् । त्यस प्रकारको उपस्थितिमा अर्थतन्त्रका समस्याहरुमा केन्द्रीत भएर छलफल गर्ने र समाधानका लागि सरकारले गरेका प्रयासहरु प्रभावकारी छ छैन भन्ने कुरामा छलफल गर्ने र समितिका निष्कर्षहरु त्यो हाइटबाट प्रस्तुत गर्न सक्ने गरी अर्थ समितिको बैठक आयोजना गरियोस् भनेर सभामुखको अगाडि राख्न चाहन्छु ।’

नेपालको अर्थतन्त्र मन्दीको अवस्थामा नै पुगेको हो भनेर अर्थ मन्त्रालयले स्वीकार गर्नुपर्ने भन्दै त्यसपछि मात्रै समस्या समाधानमा अगाडि बढ्न सक्ने उनले बताए ।

उनले भने, ‘समग्रमा अर्थतन्त्रका सूचकहरु सबै नकारात्मक देख्छु । अहिलेको गम्भीर चिन्ता के छ भने विदेश जाने संख्या प्रतिदिन बढिरहेको छ । कलेजहरुमा विद्यार्थीको संख्याको कमी हुँदै गएको छ । त्यसकारण यो रेमिटेन्समा चित्त बुझाएर अर्थतन्त्र सुधार हुन्छ भनेर जाने हो भने हामी अप्ठयारोमा पर्छौ ।’

उनले थपे, ‘विदेशी मुद्राको संचितिको कुरालाई पनि सकारात्मक रुपमा लिने गल्ती गर्नु भएन । विदेशी सहायतामा पनि ऋण वा अनुदानको कुरामा कटौती भइरहेको देख्छु । इतिहासमै सबैभन्दा डरलाग्दो गरी निजी क्षेत्र अहिले समस्यामा परेको छ ।’

अर्थतन्त्रको अवस्था चिन्ताजनक छ, टालटुल गरेर सम्हाल्न सकिँदैनः पूर्वअर्थमन्त्री पोडेल

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *