‘सरकारी सिफारिसमा अपराधीले छुट पाउने भए न्यायपालिका किन चाहियो ?’

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारले सिफारिस गर्दैमा ज्यानमारा र अपराधीले छुट पाउने हो भने न्यायपालिका किन चाहियो भन्दै प्रश्न गरेका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सत्ताधारीहरुको फौजदारी मुद्दा लागेको अपराधीहरुलाई राष्ट्रपतिले मिनाहा दिनु गलत भएको भन्दै सरकारले सिफारिस गरेर ज्यानमारा र अपराधीले छुट पाउने हो भने न्यायपालिका किन चाहियो भन्दै प्रश्न गरे ।

उनले भने, ‘राष्ट्रपतिबाट गणतन्त्र दिवस, संविधान दिवसको अवसरमा फौजदारी मुद्दा लागेका अपराधीहरुलाई जुन मिनाहदिने काम भयो यो अत्यन्तै गलत छ । राजनीतिक पार्टीहरुको सत्ताधारीहरुको सिफारीसमा जे आउँछ त्यो मान्नुपर्छ भन्ने छैन् । यदि सरकाले सिफारिस गरेर हरेक ज्यानमारा र अपराधीले छुट पाउने हो भने न्यायपालिका किन चाहियो ?’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *