बझाङ भूकम्प : तीनजना घाइते, दर्जनौं घर भत्किए

काठमाडौं । पश्चिम नेपालमा गएका दुई ठूला भूकम्पमा परी तीनजना घाइते भएका छन् ।

जयपृथ्वी नगरपालिकामा रहेको जाल्पा माध्यमिक विद्यालयका एक विद्यार्थी घाइते भएको  जिल्ला प्रशासन कार्यालय बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले जानकारी दिए ।

उनका अनुसार बझाङका धेरै भौतिक संरचनामा क्षति पुगेको र भूकम्पका कारण ठाउँठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।

सत्यवादी माविमा अध्ययनरत दुई विद्यार्थी पनि घाइते भएका छन् । उनीहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

भूकम्पका कारण दर्जनौ घरमा क्षति पुगेको छ ।

राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा बझाङ केन्द्रविन्दु भएर ५.३ रेक्टरस्केलको भूकम्प गएको थियो ।

उक्त भूकम्प गएको २६ मिनेटपछि ३ बजेर ६ मिनेटमा बझाङमै केन्द्रविन्दु भएर ६.३ रेक्टरस्केलको अर्को ठूलो भूकम्प गएको हो । दुई ठूला भूकम्पले बझाङको चैनपुरमा रहेको धेरै भौतिक संरचनामा क्षति पुर्याएको छ । भूकम्पले पुर्याएको क्षतिको पूर्ण विवरण आउन बाँकी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *