मनसुनजन्य घटनामा असारयता ४१ जनाको मृत्यु

काठमाडौं । नेपालमा मनसुन भित्रिएदेखि असारयता हालसम्म बाढीपहिरोका कारण ४१ जनाले ज्यान गुमाएका छन् ।
मनसुनजन्य विपद्बाट विभिन्न ५० जिल्ला प्रभावित भएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ती जिल्लामा भएका बाढी पहिरोलगायत विपद्मा परेर ४१ जनाको मृत्यु भएको छ । विभिन्न जिल्लाका ३१ जना बेपत्ता भएका छन् ।
विपद्का घटनाहरुमा ५५ जना घाइते भएका गृह मन्त्रालयले जनाएको छ ।
सङ्खुवासभा, ताप्लेजुङ, पाँचथर, दोलखा, मकवानपुर र महोत्तरी जिल्लाका ३१ जना बेपत्ता भएको मन्त्रालयको तथ्यांक छ ।
विपद्मा परेर कूल एक सय ३० घर पूर्णरुपमा क्षति भएका छन् । एक सय ९३ घरमा आंशिक क्षति पुगेको जनाइएको छ ।
मनसुन सुरु भएकै बेलामा पूर्वी नेपालको पाँचथर, संखुवासभा, ताप्लेजुङलगायत जिल्लामा भारी वर्षाका कारण ठूलो धनजनको क्षति भएको थियो ।
प्रतिक्रिया