चार दिनदेखि जारी माओवादी बैठक आज सकिँदै

काठमाडौं । चार दिनदेखि जारी नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज सकिँदैछ । काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जारी बैठक आज सक्ने माओवादीको तयारी छ ।

साउन १७ गते सुरु भएको बैठक आजसम्मका लागि तय गरिएको छ । यद्यपि, केन्द्रीय सदस्यहरुले बोल्ने क्रम जारी रहेकाले बैठक लम्ब्याउने वा आजै सक्नेबारे आजको केन्द्रीय समिति बैठक अघि बस्ने पदाधिकारी बैठकले निर्णय गर्ने नेताहरुले बताएका छन् ।

हिजो शनिबारसम्म दुई सय २१ जना नेताहरुले आफ्नो धारणा राखेका छन् । आज दिउँसो १ बजेसम्म बाँकी सदस्यहरुलाई बोल्नका लागि समय दिने र त्यसपछि अध्यक्ष पुष्पकमल दाहालले जवाफ दिने कार्यक्रम तय भएको माओवादीले जनाएको छ ।

अध्यक्ष दाहालले जवाफ दिएपछि आजै बैठक सक्ने तयारी छ । समय अभावका कारण बैठकमा बोल्न नभ्याएका केन्द्रीय सदस्यहरुको धारणा लिखितरुपमा लिने जनाइएको छ ।

बैठकमा नेताहरुले पार्टी अध्यक्ष दाहालको भूमिकामाथि प्रश्न उठाएका छन् । चौथो दिन धारणा राखेका प्रभावशाली नेताहरुले दाहालको भूमिकामाथि प्रश्न उठाएका थिए । उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्माले अध्यक्ष दाहालको अभियान र कामलाई साथ दिए पनि असहयोग गरेको ठानिएको भन्दै असन्तुष्टि जनाएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *