पूर्वकप्तान ज्ञानेन्द्र मल्लद्वारा सन्यास घोषणा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।

काठमाडौंमा शुक्रबार पत्रकार सम्मेलनमा सन्यासको घोषणा गर्दा उनी निकै भावविह्वल बनेका थिए ।

लामो समय राष्ट्रिय क्रिकेट टोलीको प्रारम्भिक व्याट्सम्यानको भूमिकामा रहेका मल्ल शालिन खेलाडीका रुपमा परिचित छन् ।

सन् २००५ देखि उमेर समूहको क्रिकेटबाट राष्ट्रिय क्रिकेटको यात्रामा जोडिएका मल्ल यू–१५ टोलीबाट आफ्नो परीक्षा दिएका थिए ।

यू–१७, यू–१९ हुँदै २००६ देखि राष्ट्रिय सिनियर टोलीमा डेब्यु गरेका मल्लले २०२३ मा जिम्बावेस्थित हरारे मैदानमा आईसीसी विश्वकप क्वालिफर्यसमा आयरल्यान्डविरुद्ध राष्ट्रिय टोलीबाट अन्तिम खेल खेलेका थिए ।

पूर्वकप्तान मल्लले राष्ट्रिय टोलीबाट खेल्दा कुनै पनि प्रभावकारी प्रदर्शन गर्न नसके बस्नु उचित नहुने ठानेर सन्यास लिएको बताए ।

उनले भने ‘मैले राष्ट्रिय टोलीबाट सकेको दिएँ, तर अब त्यस्तो रिजल्ट दिन सक्छु जस्तो लागेन त्यसैले सक्रिय खेलाडीबाट बाहिरिने निर्णय गरेँ, क्रिकेटसँग भने कुनै न कुनै रुपमा जोडिइरहने छु ।’
ज्ञानेन्द्रले नेपालका लागि ३७ वटा एक दिवसीय र ४५ वटा टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् । उनले ७७ वटा लिस्ट ए क्रिकेटमा १ हजार ८०२ रन बनाएका छन् ।

मैदानमा मात्र नभइ मैदानबाहिर पनि शालिन खेलाडी मानिने मल्लको प्रदर्शन पनि कहिल्यै उत्तारचढावपूर्ण रहेन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *