ठूला नेताको नाम आएपछि सुनकाण्ड पनि सेलाउँछ: कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले भ्रष्टाचार हटाउने, सुशासन कायम गर्ने र दण्डहीनताको अन्त्य गर्ने हो भने नेपालको भविष्य उज्वल रहेको बताएका छन् ।

नेपाल प्रेस युनियन काठमाडौं शाखा प्रमाणपत्र वितरण तथा पदस्थापन कार्यक्रममा बोल्दै नेता कोइरालाले यस्तो बताएका हुन् ।

भ्रष्टाचारले देशलाई हरेक क्षेत्रमा गाँजेको भन्दै देशमा कुनै घटना भए पनि माथिल्लो तहको मानिसको सहभागिताले हराएर जाने प्रवृत्ति बढेको कोइरालाले बताए ।

‘भ्रष्टाचारले देशलाई हरेक क्षेत्रमा गाँजेको छ, अहिले जुन सुनकाण्ड आएको छ त्यो पनि सामान्य भएर जान्छ, किनभने त्यसमा माथिल्लो तहको मानिसको सहभागिता हुन्छ । यो केश चल्दाचल्दै अर्को काण्ड आउँछ हामीले कुनै पनि केशलाई निष्कर्षसम्म पुर्याएको छैन’ उनले भने ।

भ्रष्टाचार हटाउने, सुशासन कायम गर्दै दण्डहीनताको अन्त्य गर्न सके नेपालको भविष्य उज्वल रहेको नेता कोइरालाले बताए ।

देश अप्ठ्यारो र अराजकतातिर गइरहेको भन्दै जिल्ला र सर्वोच्च अदालतले फैसला गरेका व्यक्ति पनि राजनीतिक लेप लगाएर छुट्ने गरेको उनले बताए ।

कोइरालाले भने, देश अप्ठ्यारो र अराजकतातिर गइरहेको छ, भ्रष्टाचारले गाँजेको छ हाम्रो देश, अर्को कुरा दण्डहिनता हत्या गर्ने काम हुन्छ, राजनीतिक लेप लगाइदिन्छौ, अनि त्यो छुट्छ । जिल्ला अदालत, सर्वोच्च अदालतले फैसला गरेका व्यक्तिहरु पनि छुटेका हुन्छन् । यस्तो कुरालाई सही दिशामा लान सकेनौँ भने देश अराजकतातिर जान्छ र गइरहेको पनि छ ।’

कुनै घटना भयो, अगाडि बढ्यो भने तीनजना शीर्ष नेताहरुको बैठक र छलफल सुरु हुने भन्दै पत्रकारहरुले यस्तो कुराहरुलाई ध्यानमा राखेर उजागर गर्न सक्ने हो भने देश अगाडि बढ्ने बताए ।

(नेपाल न्युज बैंक)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *