सत्तारुढ दलकै सांसदले मागे गृह र अर्थमन्त्रीको राजीनामा

काठमाडौं । सत्तारूढ गठबन्धन दल नेपाली कांग्रेसका सांसद सुनील शर्माले अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा माग गरेका छन् ।

बुधवारको संसद् बैठकमा सांसद शर्माले सुन तस्करी प्रकरणको नैतिक जिम्मेवारी लिँदै अर्थमन्त्री डा. प्रकाशशरण महत र गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा दिनुपर्ने माग गरेका हुन् ।

दुईजना मन्त्रीले राजीनामा नदिएमा संसदभित्रै आमरण अनशन बस्ने पनि शर्माले चेतावनी पनि उनले दिएका छन् ।

यसअघि शर्माले सुन तस्करीमा अर्थ र गृहमन्त्रीको भूमिका शंकास्पद देखिएको भन्दै छलफलका लागि कांग्रेस संसदीय दलको बैठक बोलाउन माग गरेका थिए ।

तस्करी प्रकरणका विषयमा गम्भीरतापूर्वक छलफल गर्नुपर्ने आवश्यकता देखिएको भन्दै सांसद शर्माले बैठक तत्काल बोलाउन माग गर्दै थत सोमबार कांग्रेस संसदीय दलको कार्यालय सिंहदरवारमा निवेदन दिएका थिए् ।

साउन ५ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भित्रिएको एक क्विन्टल सुन विमानस्थल बाहिर लगिसकेपछि अर्थ मन्त्रालय मातहतको राजश्व विभागको टोलीले नियन्त्रणमा लिएको थियो ।

विशेष सुरक्षा चेकजाँच हुने ठाउँ एयरपोर्ट कटेर सुन भित्रिनु र एयरपोर्टको गेट कटेर गइसकेपछि अर्थ मन्त्रालय मातहतको राजश्व विभागले पक्राउ गर्नुले घटनामा गृहको संलग्नता देखिएको सांसद शर्माको ठम्याई छ । गृह र अर्थ मन्त्रालयका उच्च पदस्थ व्यक्तिहरूबीच भागबन्डामा कुरा नमिल्दा सुन समातिएको हुनसक्ने उनको बुझाई छ ।

ृह र अर्थ मन्त्रालयका उच्च पदस्थ व्यक्तिहरूको संलग्नता विना सुन तस्करी हुनै नसक्ने दावी गर्दै आएका सांसद शर्माले तस्करीमा आफ्नो दल वा गठबन्धनका उच्च पदस्थ व्यक्ति नै संलग्न भएपनि कारबाही गर्नुपर्ने अभिव्यक्ति दिइरहेका छन् ।

कांग्रेसबाट निर्वाचित सांसद शर्माले आफ्नै पार्टीबाट बनेका अर्थमन्त्री प्रकाशशरण महत र गृहमन्त्री नारायणकाजी श्रेष्ठको भूमिका प्रति प्रश्न उठाइरहेका छन् । उनले यसअघि संसदीय समितिको बैठकमा पनि गृहमन्त्री र अर्थमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने धारणा राखेका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *