नेपालले यूएईलाई ३ विकेटले हरायाे

काठमाडाै । एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कपमा नेपालले यूएई ‘ए’ लाई ३ विकेटले हराएकाे छ ।

यूएईले दिएकाे १ सय ५८ रनकाे सामान्य लक्ष्य नेपालले २३ ओभरमा ७ विकेट गुमाएर भेटायाे । नेपालका कुशल भुर्तेलले अर्धशतक बनाए ।

कुशल ४३ बलमा ७१ रन बनाएर आउट भए । यस्तै देव खनाल र सन्दीप जाेराले समान २३ रन बनाए । बलिङतर्फ यूएईका माेहम्मद फराजुद्दिनले ५ विकेट लिए ।

यसअघि काेलम्बाेमा टस जितेर ब्याटिङ गरेकाे यूएई ४४ ओभरमा १ सय ५७ रन बनाउँदा अलआउट भयाे ।

यूएईका लवप्रीत सिंहले सर्वाधिक ५२ रन बनाए । बलिङतर्फ नेपालका कुशल भुर्तेलले ६ विकेट लिए । कुशलले १० ओभरमा ४० रन दिएर ६ विकेट लिए ।

यस्तै माैसम ढकालले २ तथा पवन सर्राफ र कुशल मल्ले १/१ विकेट लिए ।

प्रतियाेगितामा नेपालकाे याे पहिलाे जित हाे । नेपाल पहिलाे खेलमा पाकिस्तान ‘ए’ र दाेस्राे खेलमा भारत’ए’सँग पराजित भएकाे थियाे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *