दुइटा ट्रक जुधेर आगलागी हुँदा ३ जनाको मृत्यु

काठमाडौं । मकवानपुरको मनहरी गाउँपालिका ६ स्थित पूर्वपश्चिम राजमार्गमा दुईवटा ट्रक जुधेपछि भएको आगलागीमा परी शनिबार बिहान तीनजनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना६ख ६६६७ नम्बरको ट्रक र विपरीत दिशातर्फबाट आउँदै गरेको ना६ख ६३१ नम्बरको ट्रक जुधेका थिए ।

त्यसलगत्तै दुवै ट्रकमा आगलागी भएको थियो । त्यस क्रममा तीनजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ना६ख ६६६७ नम्बर ट्रकका चालक चितवनका २८ वर्षका रिहान रुम्बा तामाङ, सहचालक गोरखाका २१ वर्षीय सुमन चेपाङ र ना६ख ६३१ नम्बरको ट्रकको सहचालक मकवानपुरका २० वर्षीय अमृत प्रजाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी चितवनका ३५ वर्षीय विवेक तामाङ र ट्रकका चालक मकवानपुर, मनहरीका ३२ वर्षीय अर्जुनकुमार प्रजा घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *